Trending :
 

पशुपति क्षेत्र विकास कोषका सय भन्दा बढी सल्लाहकारहरु खारेज

पौष ०४,२०८०

-आस्था न्युज

पुस ४, २०८० काठमाडौं ।
विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय भएको छ । आज बसेको कोषको परिषद बैठकले यसभन्दा अगाडि गरिएका  सल्लहकार नियुक्तिको निर्णयलाई खारेज गरेको हो ।
 
राज संस्थाका पाला देखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय बढी सल्लाहकार खारेज गरिको विकासकोषका अध्यक्ष  तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचीवलयले जनाएको छ । 
 
परिषद बैठकले पशुपति क्षेत्र  परिषदमा मदिरा विक्री वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ । बैठकले  पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्मान गर्ने समेत निर्णय गरेको ।