Trending :
 

मौसमः तीन प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु

पौष ०५,२०८०

-आस्था न्युज

पुस ५, २०८० काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
 
अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ । 
 
बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।
 
तराईका थोरै स्थानहरूमा हुस्सु÷कुहिरो लागेको जनाइएको छ । 
 
दिउँसो  देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने अवस्था महाशाखाले पूर्वानुमान गरेको छ ।