पाकिस्तानः जेलमा रहेका इमरान खानले ३ क्षेत्रबाट उम्मेदावरी दिने
-आस्था न्युज
पुस ५, २०८० काठमाडौं ।
पाकिस्तानमा आसन्न आम निर्वाचनमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले तीनवटा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएका छन् ।
उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले पूर्व क्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरानले चुनाव लड्ने घोषणा गरेको हो ।
उनी अहिले इस्लामावादको तल्लो अदालतको अगस्ट ५ को फैसला अनुसार तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर जेलमा छन् ।
इमरान सरकारमा कार्यवाहक कानून र न्याय मन्त्री रहेका ब्यारिस्टर अली जफरले अदियालाले इमरान खानले पाकिस्तानको कम्तीमा तीनवटा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने बताए ।
अहिले जेलमै रहेकाले इमरान खान चुनाव लड्न योग्य भने छैनन् । डन अखबारका अनुसार, इस्लामाबाद उच्च अदालतले तोशाखाना मामिलामा दोषीलाई चुनौती दिने खानको अपिलमा आफ्नो फैसला केही दिनमै दिए भएकाले त्यसपछि मात्रै इमरान खानको राजनीतिक भविष्यबारे अड्कलवाजी सुरुहुने छ ।
अदालतबाट सफाई पाएमा उनले चुनाव लड्न पाउँछन् । अन्यथा उनी उम्मेदवार बन्न पाउने छैनन् । पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन तोकिएको छ । पाकिस्तानमा बुधबारदेखि उम्मेदवारीको मनोनयन सुरु भएको छ ।
यो प्रक्रिया २२ तारिखसम्म रहने छ । इमरानको पार्टीले जेलमा रहेका नेता तथा कार्यकर्तालाई अधिकतम उम्मेदवार बनाउने संकेत गरेको छ ।