Trending :
 

नेपाल एयरलाइन्सका ५ वटा जहाज लिलामीमा

पौष ०५,२०८०

-आस्था न्युज

पुस ५, २०८० काठमाडौं ।
नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ ।
 
बिहीवार एक सूचना जारी गर्दै एयरलाइन्सले दुई वटा एमए-६० र तीन वटा वाई-१२ ई जहाज लिलामी बिक्रीमा राखेको जानकारी दिएको छ । 
 
एयरलाइन्सले गोप्य सिलबन्दी टेन्डर आह्वान गर्दै आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद राखेको छ । 
 
यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।