Trending :
 

उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका यात्रुले खोलेपछि...

पौष ०५,२०८०

-आस्था न्युज

पुस ५, २०८० काठमाडौं ।
पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।
 
बिहीवार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेको बुद्ध एयरले जनाएको छ । के कति कारणले ढोका खोलिएको हो यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेको समेत बुद्ध एयरले जनाएको छ । 
 
यात्रुले ढोका खोलेपछि काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागिएको जनाइएको छ ।