Trending :
 

महिला राष्ट्रिय क्रिकेटः बागमतीसँग मधेश प्रदेश २९ रनले पराजित

पौष ०५,२०८०

-आस्था न्युज

पुस ५, २०८० काठमाडौं ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २९ रनले हराएको छ । 
 
बागमतिले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा मधेश प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । 
 
मधेश प्रदेशका लागि पुजा महतोले सर्वाधिक ३० रन बनाइन् । त्यस्तै, अनुराधा चौधरी र प्रतिमा शाहले क्रमशः २१ र १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 
 
बागमती प्रदेशका अस्मिना कर्माचार्यले २ तथा मनिशा उपाध्यायले १ विकेट लिइन् । 
 
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बागमतिले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११७ रन बनाएको थियो । 
 
उसका लागि यशोदा बिष्टले सर्वाधिक ४७ रनको योगदान गरिन् । त्यस्तै, अस्मिना कर्माचार्य र हेलिसा गुरुङले क्रमशः ३० र १२ रन हिर्काए । 
 
मधेसका लागि पुजा महतो २ दुई तथा कबिता गौतमले १ विकेट लिइन् ।