Trending :
 

सर्वोच्चका ६ जना न्यायाधीशले लिए शपथ

पौष ०५,२०८०

-आस्था न्युज

पुस ५, २०८० काठमाडौं ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा नवनियुक्त ६ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका  छन् । 
 
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीशहरु सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई शपथ ग्रहण गराएका हुन् । 
 
न्याय परिषद्को सिफारिसमा परेका उनीहरुलाई संसदीय सुनुवाइपछि  राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सर्वोच्चको न्यायाधीश पदमा नियुक्ति गरेका थिए ।