Trending :
 

चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्को अनुरोध

पौष ०६,२०८०

-आस्था न्युज

पुस ६, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
 
विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ ।
 
आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भागको मौसम सफा रहने छ ।
 
देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।