Trending :
 

विराटनगमा आजबाट ‘विराट एक्स्पो’ सुरु, प्रधानमन्त्रीले उद्घाटन गर्ने

पौष ०६,२०८०

-आस्था न्युज

पुस ६, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज विराटनगमा ‘विराट एक्स्पो’को उद्घाटन गर्न लागेका छन् । 
 
उद्घाटनअघि बिहान १० बजे प्रधानमन्त्री दाहालले सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नेछन् ।
 
मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
 
विराटनगर-२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहनेछ ।