Trending :
 

रौतहटको ‘भरत ताल’मा समुन्द्री एडभेन्चर ‘वाटर स्कुटर’ सञ्चालन

पौष ०६,२०८०

-आस्था न्युज

पुस ६, २०८० काठमाडौं ।
सर्लाहीको बागमती नगरपालिकामा रहेको ‘भरत ताल’ मा समुन्द्री ‘एडभेन्चर’को रुपमा प्रयोग हुने ‘वाटर स्कुटर’ सञ्चालनमा आएको छ । 
 
तालको भ्रमणमा आउने पर्यटकका लागि आकर्षित गर्ने उदेश्यसहित उक्त मनोरञ्जनात्मक जलयान ‘वाटर स्कुटर’ प्रयोगमा ल्याईएको हो । 
 
जलयानको प्रयोगले पर्यटक आकर्षित हुनुका साथै स्थानीयस्तरमा समुद्री जलसयरको मज्जा लिन सकिने सञ्चालक कम्पनी बागमती इन्टरटेनमेन्ट प्रालिका सञ्चालक गौतम खड्काले बताए । 
 
जलयानमा चालकसहित तीन जनासम्म बसेर जलसयर गर्न सकिनेछ । ५५ लाखको लागतमा सञ्चालनमा ल्याइएको यस ‘वाटर स्कुटर’ सम्भवतः नेपालमा पहिलो भएको खड्काको दाबी छ । 
 
यसलाई अंग्रेजीमा ‘वाटरक्राफ्ट’, ‘वाटर स्कूटर’, ‘जेट स्की’ वा ‘सी–डू’ समेत भनिने संचालक कम्पनीले जनाएको छ । 
 
यस साहसीक जल सयरको ५ सय देखी १५ सय सम्म टिकट तय गरिएको कम्पनीले जानकारी दिएको छ ।  
 
बागमती नगरपालिका–१२ र ४ मा निर्माणाधिन बागमती माछा पोखरी अर्थात ‘भरत ताल’मा उक्त ‘वाटर स्कुटर’को विधिवत रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो ।