ढिके नुनबाट टाढिँदै बझाङी
-आस्था न्युज
पुस ६, २०८० काठमाडौं ।
बझाङ साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किनुभयो । सात दशक पुराना उहाँलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल ९भेडाच्याङ्ग्रामा बोकिने भारी० बोकेको खुब सम्झना आउँछ । च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहनुभएको छ ।
विगत सम्झँदै उहाँ भन्नुहुन्छ, “साइपाल गाउँपालिका र तलकोट गाउँपालिकावासी त हाम्रा ग्राहक नै हुन्थे । ताक्लाकोट ९चीन० बाट बखरका बखर ९भेडाच्याङ्ग्राको समूह० मा नुन ल्याउँथ्यौँ । बखर चराउँदै बेच्थ्यौँ ।”
उहिले नुनको कारोबार पैसामा नभई चामलमा हुन्थ्यो । “नुनसँग चामल साटेर बखरमै ताक्लाकोट पु¥याउँथ्यौँ । ताक्लाकोटीलाई चामल चाहिन्थ्यो, बझाङीलाई नुन । नगद पैसाको कारोबार भने खासै हुँदैनथ्यो,” उहाँ भन्नुहुन्छ । तामाङले अहिले ढिके नुन ल्याउन छोडेको एक दशकभन्दा बढी भइसक्यो । “बुढ्यौलीले छोयो । ताक्लाकोट जान पनि सकिँदैन । कोरोना आएपछि नाका बन्द भयो । गाउँमा पाकेटकमा धुलो नुन ९आयोडिनयुक्त० आउन थाल्यो ।”
वस्तुभाउका लागि सदरमुकाम चैनपुरबाटै ढिके नुन आउन थालेको उहाँले बताउनुभयो । “आजकल ढिके नुन खाँदा विराम हुन्छ भन्छन् । त्यसैले गाउँमा सबै पाकेटकै आयोडिनयुक्त नुन खान थालेका छन् । हामी ढिके नुन खाँएर हुर्कियो , केही भएन । क्या हो, क्या हो १”
खप्तडछान्ना गाउँपालिका–५ की देवकी जोशीलाई पनि ढिके नुनसँग चामल साटेको हिजो जस्तै लाग्छ । “गाउँमा भेडावालासँग नुन चामल साट्न छोडेको डेढ दशक भइसकेछ । अहिले त गाउँमा न भेडा आउँछन्, न ढिके नुन नै ।”
गाउँमा २०६४र६५ सालभन्दा अगाडि धेरै मान्छे आँखाका बिरामी भेटिन्थे । एकपटक सदरमुकामबाट आएका मान्छेले ढिके नुनका कारण आँखामा समस्या आएको भनेपछि पाकेटको नुन खान थालेको उहाँले सुनाउनुभयो । “सदरमुकामको टोलीले नुनमा आयोडिन हुने हुँदा दाल उम्लने बेला, तरकारी पाक्ने बेला मात्रै नुनको प्रयोग गर्नु भन्नुभएको थियो । त्यो अहिले पनि सम्झना छ ।” त्यसपछि पाकेटको नुन नै गाउँमा नियमित भएको उहाँले बताउनुभयो ।