Trending :
 

वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकताको आधारमा प्रयोग गरौंः सभामुख घिमिरे

पौष ०६,२०८०

-आस्था न्युज

पुस ६, २०८० काठमाडौं ।
सभामुख देवराज घिमिरेले, वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकताको आधारमा प्रयोग गर्नुपर्ने बताएका छन् । 
 
शुक्रबार काठमाडौंमा आयोजित वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले, वैदेशिक सहायतालाई ठिक ढङ्गबाट सदुपयोग गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने, आर्थिक क्षेत्रमा आएका अप्ठ्याराहरू हिसाबले देखिएका पछौटेपनलाई विकास गर्ने हिसाबले प्रयोग गर्न आवश्यक रहेको बताएका हुन् । 
 
उनले भने, ‘राष्ट्रलाई विदेशी सहयोग आर्थिक मात्र नभएर अन्य पनि हुने गर्छ । यी सहयोगहरुलाई ठिक ढङ्गबाट सदुपयोग गरेर राष्ट्रलाई हरेक हिसाबले आत्मनिर्भर बन्ने हिसाबले ,अहिलेका आर्थिक क्षेत्रमा आएका अप्ठ्याराहरुको हिसाबले हाम्रा पछ्यौटेपन जेजे क्षेत्रमा छ त्यसलाई विकास गर्ने हिसाबले हाम्रो ऐतिहासिक र चीजहरूको रक्षा गर्ने हिसाबले यस्ता सहयोग प्रयोग कसरी गर्ने भन्ने कुरामा राष्ट्रिय आवश्यकताको हिसाबले हाम्रो वस्तुगत स्थितिको आधारमा जानुपर्छ ।’
 
वैदेशिक सहायतालाई त्यसको अपेक्षतामा हेर्नुपर्ने भन्दै त्यसको उपयोग आवश्यकताको आधारमा कत्तिको भएको छ भन्ने कुराको अनुसन्धान गर्नुपर्ने उनको भनाई छ । 
 
उनले भने, ‘वैदेशिक सहायता भनेको त्यसको अपेक्षतामा हेर्नुपर्छ र त्यसको उपयोग हाम्रो आवश्यकताको आधारमा कत्तिको भइरहेको छ । त्यसलाई परिणाममा पु¥याउनका लागि कुन कुन ठाउँमा केके काम गर्नुपर्छ । विगतका प्रणालीमा भएका अनुभवहरु र अहिलेका चुनौतीहरुलाई हेरेर वैदेशिक सहायतालाई कसरी प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण छ ।’ 
 
सभामुख घिमिरेले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आम जनताको पहुँचमा पु¥याउनु पर्ने धारणा छ ।