Trending :
 

प्रहरीको पिटाइबाट एक जनाको मृत्यु भएपछि धनुषाको हँसपुर तनावग्रस्त

पौष ०६,२०८०

-आस्था न्युज

पुस ६, २०८० काठमाडौं ।
प्रहरी कुटाईबाट एक जना स्थानियको निधन भएपछि धनुषाको हँसपुर-५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ । 
 
प्रहरी सई तुलानन्द ठाकुरको कुटाईबाट स्थानीय दिपा मण्डलाको निधन भएपछि आक्रोसित गाउँवासीहरु प्रहरी चौकी घेराउ गरेको छ । भिड नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गरेको जनाइएको छ । 
 
स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर थप दुई जना घाइते भएका छन् । 
 
घाइते हुनेमा स्थानीय ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारीको  रहेका छन् । दुवैको हातमा गोली लागेको छ । दुबै जनाको प्रादेशीक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 
प्रहरीको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लाग्न गई निधन भएको स्थानियको आरोप छ ।