Trending :
 

जाजरकोट र रुकुमका भूकम्पपीडितलाई राहत वितरण

पौष ०६,२०८०

-आस्था न्युज

पुस ६, २०८० काठमाडौं ।
नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नं १ र २ का आठसय घरधुरीलाई हालै रु ६० लाख बराबरको राहत सामग्री वितरण गरिएकोे हो । 
 
तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरिएको रकमका साथै समितिमा आबद्ध व्यक्तिबाट सङ्कलित रकमले राहत सामग्री वितरण गरिएकोउक्त समितिका राष्ट्रिय कार्यसमिति उपाध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो । भूकम्पपीडितका लागि जाडोबाट जोगिन कम्बल तथा चामल, तेल, दाल, चिउरालगायत पदार्थ वितरण गरिएको थियो । भूकम्पबाट पीडित दुई जिल्लामध्ये जाजरकोट भेरी नगरपालिका वडा नं १ र ३ मा धेरै मानिसको मृत्यु हुनाका साथै  करोडौँको जनधनको क्षति भएकाले जाजरकोटलाई राहत वितरणको प्राथमिकतामा राखिएको सो समितिले जनायो । 
 
समितिका अनुसार नेपाल मानव धर्म सेवा समितिका संरक्षक विभूजी महाराजलगायत समितिका अन्य पदाधिकारी  राहत वितरणमा सहभागी हुुनुहुन्थ्यो । त्यसअवसरमा  भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले उहाँहरूको स्वागत गर्दै राहात सामग्री उपलब्ध गराएकामा आभार व्यक्त गर्नुभएको थियो  ।