केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक परिमार्जन हुन्छः कानूनमन्त्री गुरुङ
-आस्था न्युज
पुस ६, २०८० काठमाडौं ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले, नेपालका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक जस्ताको त्यस्तै पारित नहुने प्रष्ट पारेका छन् ।
शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले, संसदको फुल हाउसमै ऐन जस्ताको त्यस्तै पारित हुन्न भनेर आफुले गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने बताए ।
उनले भने,‘मैले संसदको फुल हाउसमै सैद्धान्तिक छलफलको क्रममा भनिसकेको छु । जस्ताको तस्तै पारित हुन्न । त्यो भनिसकेपछि फेरि त्यसैलाई कोट्याउनुपर्छ भन्ने त होइन । कोट्याउनुभएको किन होला भने मन्त्रीले बिर्सनुभयो कि भनेर होला मैले बिर्सिएको छैन । यति छिट्टै मैले आफ्नो प्रतिबद्धता त बिर्सिएको छैन् । ’
उनले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले दिएका निर्देशनलाई पालना गर्ने प्रतिबद्धता पनि जनाए ।
उनले भने, ‘विधायन व्यवस्थापन समितिले दिएका निर्देशन जुन छ त्यसलाई पूर्ण रुपमा पालना गरेर यहाँहरुले उठाउँनु भएको विषय जुन संकेत गर्नुभएको छ । त्यसलाई फेरि यसमा राखेरै अगाडि बढाइन्छ भन्ने होइन् । यसमा फेरि पनि प्रतिबद्धता जनाउँछु ।’
उनले आफूले सबै मन्त्रीहरुलाई सम्बन्धित मन्त्रालयले प्रस्तुत गर्नुपर्ने विधेयकहरुको प्राथमिकताक्रम तोकेर ७ दिनभित्र पठाउनका लागि पत्राचार गरेको जानकारी दिए ।