Trending :
 

६१ लाखको लागतमा वडा कार्यालय निर्माण

पौष ०८,२०८०

-आस्था न्युज

पुस ८, २०८० काठमाडौं ।
म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । दुई चरणमा रु ६१ लाखको लागतमा भवन निर्माण गरिएको वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो । 
 
चारकोठे भवन बनाउन टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा उपलब्ध गराउनुभएको थियो । यसअघि साविक ताकम गाविस कार्यालयको भवन रहेको ठाउँमा थप जग्गा व्यवस्थापन गरेर वडा कार्यालयको नयाँ भवन बनाइएको हो ।
 
यसैगरी, ताकम, मल्कवाङ र लुलाङमा वडा कार्यालय, गुर्जा र मुनामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । घट्टेखोलामा गाउँपाकिलाको प्रशासकीय, मराङमा वडा कार्यालय र मुदीमा स्वास्थ्य चौकीको भवन निर्माणाधीन रहेको वडाध्यक्ष खत्रीले बताउनुभयो ।