Trending :
 

एमाले अध्यक्ष ओलीले विशेष पत्रकार सम्मेलन गर्दै

पौष ०८,२०८०

-आस्था न्युज

पुस ८, २०८० काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । 
 
आइतवार दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा विशेष पत्रकार सम्मेलनको आयोजना गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 
 
एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्यपहाडी लोकमार्गमा (बैतडीको झुलाघाट देखि पाँचथरको झुलाभञ्ज्याङसम्म) पदयात्रा गरेको थियो । 
 
यात्राका क्रममा संकलन गरिएका मध्यपहाडका समस्या, एमालेले बटुलेको अनुभव,  समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओली सहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।