Trending :
 

मौसमः तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

पौष ०९,२०८०

-आस्था न्युज

पुस ९, २०८० काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भू-भागको मौसम  आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहने जनाएको छ । 
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ । 
 
बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ । 
 
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 
 
राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।