Trending :
 

मोरङ जिल्ला कारागारमा कैदीको मृत्यु

पौष ०९,२०८०

-आस्था न्युज

पुस ९, २०८० काठमाडौं ।
मोरङ जिल्ला कारागारका एक कैदीको मृत्यु भएको छ । लेनदेनसम्बन्धी ठगी मुद्दामा कैद सजाय भोगिरहेका विराटनगर महानरपालिका–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज सोमबार विहान मृत्यु भएको हो ।
 
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि कोशी अस्पतालमा लगिएको थियो ।
 
दुई दिनदेखि सोही अस्पतालमा उपचार गराइरहेका उनको बिहान मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
 
सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजाय तोकेको थियो ।
 
अदालतले उनका लागि तोकेको कैद सजाय आजै सकिँदै थियो । सजाय सकिने दिन नै उनको मृत्यु भएको हो ।