जाडोमा परम्परागत गुइँठाको प्रयोग बढ्दै
-आस्था न्युज
पुस ९, २०८० काठमाडौं ।
रौतहटको दक्षिणी भेगमा खाना पकाउनका लागि चुलो बाल्न वैकल्पिक ऊर्जाका रूपमा परम्परागत गुइँठाको प्रयोग बढ्दै गएको छ । चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा न्यून आय भएका स्थानीय बासिन्दाहरु वैकल्पिक ऊर्जाका रूपमा गुइँठाको प्रयोग गर्दै आएका हुन् ।
गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणी बताउँछन् । वनमा दाउराको अभाव रहेको र कतै पाइने गरे पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको गृहिणीले बताईन् ।
आगो ताप्नका लागि र घरमा चुलो बाल्न पनि गुइँठा प्रयोग गर्नुपर्ने अर्की स्थानीय रामकलिया देवीले बताईन् । गुइँठाको प्रयोग गरेर गाईबस्तुका लागि दाना पकाउने गरेको उनको भनाई छ ।
गुइँठाले दाउराको काम गर्नुपर्ने भएकाले अधिंकाशले गुइँठा प्रयोग गर्ने गरेको उनले बताए । गुइँठाको माग बढ्दै गएपछि ग्रामिण क्षेत्रमा रहेका अधिकांस महिलाहरू जाडो सुरु भएसँगै गोठको गोबर जम्मा गरेर गुइँठा बनाउनमा व्यस्त रहेका छन् ।