Trending :
 

बससँग स्कुटर जोक्किँदा एकजनाको मृत्यु

पौष ०९,२०८०

-आस्था न्युज

पुस ९, २०८० काठमाडौं ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिकामा सोमबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बससँग स्कुटर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 
कमल गाउँपालिका–४, ज्योतिचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४३५ नम्बरको बस एक आपसमा ठोक्किएको थियो ।
 
दुर्घटनामा स्कुटर पछाडि बसेका झापा अर्जुनधारा–७ का ५० वर्षीय टेकनाथ खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
स्कुटर चालक अर्जुनधारा–९ का २१ वर्षीय कमलप्रसाद खतिवडा र बस चालक मोरङ कानेपोखरी–६ निवासी ३० वर्षीय केशव बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।