Trending :
 

मौसमः यी प्रदेशमा आंशिक बदली, देशभरको तापक्रम घट्दो

पौष १०,२०८०

-आस्था न्युज

पुस १०, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
 
महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
 
तापक्रम घटेकाले काठमाडौँमा दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ ।
 
हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
 
आज दिउँसो र राति पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।