Trending :
 

सिरकार गठन भएको आज एक वर्ष पूरा, प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने

पौष १०,२०८०

-आस्था न्युज

पुस १०, २०८० काठमाडौं ।
नयाँ संविधान जारी भएपछि दोश्रो आवधिक निर्वाचन भएर सरकार गठन भएको मंगलबार एक वर्ष पूरा भएको छ । 
 
गतवर्ष मंसिर ४ गते निर्वाचन भएपछि संसद्को तेश्रो शक्ति बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० प्रधानमन्त्री नियुक्त भएका थिए । मंगलबार दाहाल प्रधानमन्त्री नियुक्त भएको ठीक एक वर्ष पूरा भएको छ । 
 
सो अवसरमा प्रधानमन्त्री दाहालले देशबासीका नाममा विशेष सम्बोधन गर्ने जनाएका छन् । दाहालको सचिवालयका अनुसार मंग्लबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । 
 
संसद्को अधिवेशन स्थगित भइसकेको अवस्थामा प्रधानमन्त्री दाहालले पत्रकार सम्मेलन गर्दै देशबासीलाई सम्बोधन गर्न लागेका हुन् । 
 
सम्बोधनमा प्रधानमन्त्री दाहालले सरकारको एक वर्षको समीक्षा, आगामी कार्यदिशा र विशेष घोषणाहरू समेत गर्ने जनाइएको छ । तेश्रो पटक प्रधानमन्त्री बन्दा पहिलो पटक एक वर्षे कार्यकाल पूरा गर्न पाएका प्रधानमन्त्री दाहालले अब नयाँ ढंगले काम गर्ने बताउँदै आएका छन् । 
 
दाहाल ०७३ मा पहिलो पटक प्रधानमन्त्री हुँदा नौ महिनामै सरकार ढलेको थियो भने ०६५ मा पनि उनले प्रधानमन्त्रीकोरुपमा १० महिनाभन्दा बढी समय कटाउन पाएनन् ।