Trending :
 

आजको मौसमः यी तीन प्रदेशमा आंशिक बदली रहने

पौष ११,२०८०

-आस्था न्युज

पुस ११, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले, देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।
 
अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
 
यस्तै, आज दिउँसो र राति पनि कोशी, बागमती र गण्डकीका केही भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।
 
देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
 
तापक्रम घटेकाले काठमाडौँमा दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ ।