Trending :
 

एनसेल खरिद विक्री विरुद्ध शान्ती समाजले शुक्रबार प्रदर्शन गर्ने

पौष ११,२०८०

-आस्था न्युज

पुस ११, २०८० काठमाडौं ।
एनसेल खरिद बिक्री विरुद्ध मानव अधिकार तथा शान्ति समाजले राजधानीमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शन धर्ना कार्यक्रम आगामी शुक्रबार दिउँसो १ बजे राजधानीको माइतिघर मण्डलामा सुरु हुने बताइएको छ ।
 
यस्तै,राज्य विरुद्ध अपराधको रुपमा रहेको एनसेल महाघोटाला प्रकरणबारे विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्न, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण गराउन, राज्यलाई ठूलो हानी नोक्सानीबाट जोगाउन, र एनसेल महाघोटाला प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न आग्रहसहित प्रदर्शन गर्ने भएको हो ।
 
एनसेल खरिद विक्री प्रकरणमा शिर्ष नेताहरु नै संलग्न रहेको र  बारम्बार यो समाचार प्रकाशनमा आएकोले विश्वसनीय न्यायीक छानविन आयोगको तत्काल गठन गर्न समेत माग गरिएको छ । 
 
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुको सहभागिता रहने छ । 
 
यस्तै,कार्यक्रममा सहभागी हुन सम्पुर्ण मिडियाका सञ्चारकर्मीहरुलाई  आग्रह समेत गरिएको छ ।