Trending :
 

पानीमा डुबेर बालिकाको मृत्यु

पौष १२,२०८०

-आस्था न्युज

पुस १२, २०८० काठमाडौं ।
पानीमा डुबेर बालिकाको मृत्य भएको छ । मोरङको जहदा गाउँपालिका–३ भातिगन्जमा फुदन हस्दाकी १ वर्षीया छोरी कृतिको आज बिहान भरेर राखेको पानीमा डुबेर मृत्यु भएको हो ।
 
यसैबिच,बालिका खेल्ने क्रममा सिल्भरको भाडामा राखेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी नायब उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए । मृतक बालिकाको शव पोस्माटमका लागि कोशी अस्पतालमा राखिएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।