Trending :
 

भीरबाट ट्याक्टर खस्दा चालकको मृत्यु

पौष १२,२०८०

-आस्था न्युज

पुस १२, २०८० काठमाडौं ।
संखुवासभाको मकालु गाउँपालिका-५ मा भीरबाट ट्याक्टर खस्दा चालकको मृत्यु भएको छ । 
 
दुर्घटनामा ट्रयाक्टर चालक स्थानीय २७ वर्षीय तीर्थबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
 
को २ त ८२३९ नम्बरको ट्रयाक्टर मकालु-१ मा निर्माण भइरहेको पर्खालको लागि सिमेन्ट बोकेर जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाउँमा भीरबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।