Trending :
 

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

पौष १२,२०८०

-आस्था न्युज

पुस १२, २०८० काठमाडौं ।
बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । 
 
मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका-२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा उक्त सकेट बम फेला पारेको हो ।  
 
खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको हो । अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृत पारिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।  रासस