Trending :
 

थाईल्याण्डका नवनियुक्त राजदूत वलीले लिए शपथ

पौष १२,२०८०

-आस्था न्युज

पुस १२, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थाइल्याण्डका लागि नेपालका नवनियुक्त आवासीय राजदूत धनबहादुर वलीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । 
 
राष्ट्रपति कार्यालय शीतलनिवासमा विहिबार भएको एक समारोहमा राजदूत वलीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् ।  
 
सो समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।