Trending :
 

आगोले जलेर शिशुको मृत्यु

पौष १२,२०८०

-आस्था न्युज

पुस १२, २०८० काठमाडौं ।
दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका-३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो । 
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द  भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उहाँका चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।
 
विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो । उहाँको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । प्रहरी र स्थानीयले आगो निभाएका थिए ।