पोखरामा भएको यती विमान दुर्घटनामा पाइलट दोषीः छानविन आयोग
-आस्था न्युज
पुस १२, २०८० काठमाडौं ।
गत वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पाइलटको मानवीय त्रुटि मुख्य कारण रहेको निष्कर्ष निकालिएको छ ।
विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले आज मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन संस्कृती मन्त्री आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाएको हो ।
पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले आयोगले दिएको सुझाव कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिए।
पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगमा हवाईविज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराजजंग थापा र आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए ।