Trending :
 

झापाको एक प्लाई उद्योगमा आगलागी

पौष १३,२०८०

-आस्था न्युज

पुस १३, २०८० काठमाडौं ।
झापाको बिर्तामोड नगरपालिका–३ सूर्यनगर टोलमा रहेको रिद्धिसिद्धी भेनियर प्लाई उद्योगमा आगलागी भएको छ ।
 
अनुप अग्रवालले संचालन गरेको सो प्लाई फ्याक्ट्रीनजिकै साईडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ भेनियर राखेको ठाउँमा शुक्रबार बिहान ४ बजे अचानक आगलागी भएको बताइएको छ । 
 
आगलागीबाट करिब तीन लाख बराबरको क्षति भएको झापा प्रहरीले जनाएको छ । 
 
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्यांकर, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा अहिले बिहान सवा पाँच बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।