Trending :
 

ईपीएस परीक्षाको विषयलाई लिएर मन्त्री ज्वालाको गाडीमा आगजनी

पौष १३,२०८०

-आस्था न्युज

पुस १३, २०८० काठमाडौं ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले एक जना मन्त्रीको गाडीमा आगजनी गरेका छन् । 
 
प्रदर्शनमा उत्रिएका युवाहरुले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ । 
 
उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । 
 
‘ईपीएस परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनि गरेका छन् । प्रहरी टोली पनि त्यहाँ पुगेको छ । थप विवरण आउन बाँकी छ’ उनले भने । 
 
अहिले कोटेश्वर–बालकुमारी क्षेत्र तनावग्रस्त छ ।