Trending :
 

नेपाली युवक कोरियामा सुतेकै अवस्थामा मृत भेटिए

पौष १३,२०८०

-आस्था न्युज

पुस १३, २०८० काठमाडौं ।
रोजगारीका लागि दक्षिण कोरियामा रहेका झापाको बुद्धशान्ति गाउँपालिकाका एकजना युवा मृत अवस्थामा भेटिएका छन् ।
 
बुसानस्थित एक कम्पनीमा कार्यरत बुद्धशान्ति–३ कञ्चनबारीका ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको खबर आएको उनका आफन्तले जनाएका छन् ।
 
पाँच वर्षअघि इपिएस कामदारको रुपमा उनी दक्षिण कोरिया पुगेका थिए । गत वर्ष उनी विदामा केही समयका लागि घर आएर फर्किएका थिए ।