Trending :
 

कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ सार्वजनिक

पौष १३,२०८०

-आस्था न्युज

पुस १३, २०८० काठमाडौं ।
कवि सुमिना को कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ सार्वजनिक भएको छ । 
 
फुटकर कवितामा विशेष कलम चलाउने शसक्त कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा विशेष समारोहबीच सार्वजनिक गरिएको हो । 
 
इन्डिगो इन्कले प्रकाशन गरेको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ विमोचन सँगै साहित्यकार तथा चिन्तक आहुतिसँगै कुमारी लामा र अभय श्रेष्ठले कवि र कविताबारे विमर्श गरेका छन् । 
 
विद्रोही कविका रुपमा परिचित सुमिनाले वैचारिक आलेखहरु पनि लेख्दै आएकी छिन् ।