Trending :
 

कोरियन भाषा: प्रर्दशनको क्रममा बालकुमारीमा घाइते भएका दुई जनाको मृत्यु

पौष १३,२०८०

-आस्था न्युज

पुस १३, २०८० काठमाडौं ।
ललितपुरको बालकुमारीमा आज भएको प्रर्दशनका क्रममा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
 
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले, प्रर्दशनका क्रममा घाइते भएका दुईजनाको मृत्यु भएको पुष्टि गरे । 
 
उनले भने ‘घाइते भएका एक जनाको किस्ट अस्पतालमा उपचारका क्रममा र अर्का एक जनाको पाटन अस्पतालमा निधन भएको हो । ’ 
 
त्यस्तै किष्ट अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकले शुक्रबार मध्यान्न १२ः४० बजे अचेत अवस्थामा अस्पताल पु¥याइएका जुम्लाका २३ वर्षिय सुजन राउतको मृत्यु भएको पुष्टि गरेका हुन् । उनी भक्तपुर बस्दै आएका थिए । 
 
अस्पतालले उनलाई तत्काल सीपीआर दिएर जगाउने प्रयास गर्दा पनि सफल नभएपछि दिउसो १ः१७ मा मृत घोषणा गरिएको उनले बताए ।
 
मृतकको छातिमा निलो डाम देखिएको र पोस्ट मार्टमबाट मात्रै मृत्यूको कारण खुल्ने अस्पतालले जनाएको छ । 
 
अहिले अस्पतालमा स्थानीय प्रशासन, प्रहरी तथा मृतकका आफन्तहरु पुगेका छन् ।  त्यस्तै पाटन अस्पतालमा उपचाररत  विरेन्द्र शाहको निधन भएको हो । 
 
आज बिहानैदेखि भाषा परीक्षा दिन बञ्चित युवाहरुले बालकुमारीमा  प्रदर्शन गरेका थिए । सोही क्रममा आक्रोशित युवाहरुले  भौतिक  पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा  आगजनी गरेका थिए ।