Trending :
 

बालकुमारी घटनाबारे छानबिन समिति गठन

पौष १३,२०८०

-आस्था न्युज

पुस १३, २०८० काठमाडौं ।
दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाएको छ ।
 
उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । 
 
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ ।  केही पक्राउ परेका छन् ।