Trending :
 

पूर्वी कंगोमा भारी वर्षा, ६० जनाको मृत्यु

पौष १४,२०८०

-आस्था न्युज

पुस १४, २०८० काठमाडौं ।
कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तमा भारी वर्षा र पहिरोमा परि थप २० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६० पुगेको छ । 
 
गत हप्ता मात्रे भारी वर्षाका कारण बाढी र पहिरोका कारण ४० जनाको मृत्यु भएको थियो । 
 
बिहीबार म्वेंगा क्षेत्रको बुर्हिनी क्षेत्रमा पहिरो गएको थियो, जसका कारण धेरै घर र भवनहरू ध्वस्त भएका छन् । 
 
इलाका प्रशासक वालुबिला इशिकिटिलोले पहिरोका कारण २० जनाको मृत्यु भएको र घरहरू पनि ध्वस्त भएको बताए । 
 
शुक्रबार यस विषयमा सरकारले पहिरोबाट प्रभावितलाई आपतकालीन सहायता उपलब्ध गराएको थियो ।  पहिरोका कारण पुरिएका मानिसहरुको उद्धार जारी रहेको छ । 
 
राजधानी किन्सासासहित कङ्गो नदीको किनारसहित देशका अन्य भाग पनि शुक्रबार बाढीबाट प्रभावित भएका छन् । 
 
अधिकारीहरुका अनुसार मंगलबार मवेन्गा क्षेत्रको कामितुगामा पहिरोमा परेर २० भन्दा बढी व्यक्तिको मृत्यु भएको यो पछिल्लो घटना हो । 
 
बुधबार साउथ किभुको क्षेत्र बुकाबुमा भीषण वर्षाका कारण आएको पहिरोमा परी २१ जनाको मृत्यु भएको थियो ।