Trending :
 

यस्तो छ,आजको मौसम

पौष १५,२०८०

-आस्था न्युज

पुस १५, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही  बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । 
 
नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेकोले हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ । साथै तराईका स्थानहरुमा हुस्सु÷कुहिरो लागेको अवस्था छ ।
 
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। 
 
देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ ।
 
आइतबार राती देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
 
देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यकसतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।