Trending :
 

नेपालको सामाजिक आर्थिक रुपान्तरणमा गुरुङ समुदायको भूमिका प्रशंसनीयः राष्ट्रपति पौडेल

पौष १५,२०८०

-आस्था न्युज

पुस १५, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायले सांस्कृतिक परम्पराको संरक्षण,प्रवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत नेपालको आर्थिक र सामाजिक रूपमान्तरणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 
 
‘तमु ल्होसार’का अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् । 
 
राष्ट्रपति पौडेलले गुरुङ समुदायले देशको सामाजिक आर्थिक क्षेत्रको रुपान्तरणमा खेलेको भूमिकका प्रशंसनीय भएको उल्लेख गरेका छन् ।  
 
‘नेपालको साँस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ’, राष्ट्रपति पौडेलले भनेका छन् । 
 
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका हुनाका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्धत पुग्ने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरेका छन् ।