Trending :
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पौष १६,२०८०

-आस्था न्युज

पुस १६, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 
 
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। 
 
सोमबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ।
 
युरो १ को खरिद दर १४६ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १४७ रुपैयाँ २८ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ १२ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ८८ पैसा छ। 
 
अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ४८ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ८९ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर १०० रुपैयाँ २८ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ७३ पैसा छ।