Trending :
 

मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, केही स्थानमा हुस्सु र कुहिरो

पौष १६,२०८०

-आस्था न्युज

पुस १६, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले, हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
 
विभागकाअनुसार, अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।
 
यस्तै, तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ ।
 
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँक भागमा मौसम सफा रहने छ ।
 
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।