Trending :
 

माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन कांग्रेस महामन्त्री थापाको माग

पौष १६,२०८०

-आस्था न्युज

पुस १६, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलाको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । 
 
सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डला मानिसहरुले आफ्नो कुरा राख्ने, सरकार र संसदलाई सुनाउने महत्वपूर्ण ठाउँ भएको बताए ।
 
महामन्त्री थापाले सोमबार बिहान धोती जुलुस भनेर पोलिटिकल स्टेटमेन्ट दिन खोज्दा आज नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सहित मन्त्री र केही मानिसलाई पक्राउ गरेको सन्दर्भ जोड्दै माइतिघरको निषेधित क्षेत्र हटाइनुपर्ने माग गरे । 
 
प्रहरीले धोती दिवस मनाउँन गएकाप्रति बल प्रयोग गर्नुपरेको कारण पनि निक्षेधित क्षेत्र नै भएको थापाको बुझाई छ । 
 
उनले भने, ‘माइतिघर मण्डलामा मानिसले आएर आफ्नो कुरा राख्ने ठाउँ बनाएको होनित, त्यहाँ बोलेपछि सरकार,संसदले बोलेको कुरा सुन्छ भन्ने अनुभूति गराउन खोजेको हो । निषेधित क्षेत्र घोषणा गर्नुको कुनै औचित्य छैन । त्यसैले माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् ।’
 
आज धोती जुलुस निकाल्दा जनमत पार्टीका अध्यक्ष सीके राउत, सामान्य प्रशासन मन्त्री अनिता देवी लगायत ५० भन्दा धेरै जनमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।