Trending :
 

संखुवासभामा सुतेकै अवस्थामा बेहोस भेटिएका प्रहरी हवल्दारको मृत्यु

पौष १६,२०८०

-आस्था न्युज

पुस १६, २०८० काठमाडौं ।
संखुवासभामा एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । सुतेकै अवस्थामा बेहोस फेला परेका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
 
अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
मृत्यु हुनेमा संखुवासभा जिल्ला कारागारमा ड्युटीमा रहेका प्रहरी हवल्दार ४१ वर्षीय डिकबहादुर तामाङ छन् ।
 
प्रहरीका अनुसार इलाम घर भएका उनी आइतबार राति १० बजेदेखि बिहान २ बजेसम्म ड्युटीमा खटिएका थिए ।
 
ड्युटी सकेर उनी सुत्न गएका थिए । पोशाकमै सुतेको अवस्थामा उनी फेला परेका थिए ।