Trending :
 

संविधानलाई पूर्णता दिने बेला भयो: शरतसिंह भण्डारी

पौष १६,२०८०

-आस्था न्युज

पुस १६, २०८० काठमाडौं ।
श्रम, रोजगार तथा यातायात मन्त्री शरतसिंह भण्डारीले संविधानलाई पूर्णता प्रदान गर्दै कार्यान्वयनमा लाने प्रतिबद्धता आजको आवश्यकता भएको बताएका छन् । 
 
नेपाली कांग्रेसले ४८औं मेलमिलाप दिवसका अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले संविधानलाई पूर्णता दिन गम्भीर छलफल गर्नुपर्ने बताए । 
 
उनले भने, ‘आजको दिनमा हामीले प्रतिबद्धता व्यक्त गर्नुपर्ने अवस्था के छ भने यो संविधानलाई पूर्णता प्रदान गर्दै कार्यान्वयनको कुरालाई जोड दिनुपर्छ । प्रदेशले आफ्नो अधिकार पाएको छैन, गर्न सक्ने काम गर्न पाएको छैन । त्यस हुनाले आजको दिनमा यो सबै कुरामा ध्यान दिएर गम्भीर छलफल गर्नुपर्छ । यस्तो भएको अवस्थामा, यो मुलुकको संघिय लोकतान्त्रिक, गणतन्त्र, संघीयता र संविधानले लक्षित गरेका कुराहरु हामी हासिल गर्न सक्छांै, र जनताको पक्षमा काम गर्न सक्छौं ।’ 
 
यस्तै, उनले नेपालको युवाहरु बाहिरिएको अवस्थामा नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण गर्ने नभइ रोजगारी सिर्जना जरुरी रहेकाले सबै मिलेर यसमा लाग्नुपर्नेमा जोड दिए । 
 
उनले भने, ‘नेपालको युवाहरु बाहिरिएको अवस्थामा नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण गर्ने हो की केही हुन्छ गर्न सक्छौ भन्ने अवस्था सिर्जना गर्ने ? यसका लागि सम्पूर्ण साथीहरुलाई आगामी दिनमा नेपालमा आन्तरिक रोजगारीको प्रवद्र्धन कसरी गर्ने, अवसर कसरी सिर्जना गर्ने र युवाहरुलाई देशमा कसरी रोक्न सक्छांै भन्ने विषयमा हामी सबै मिलेर लागौ भनेर आह्वान गर्न चाहन्छु ।’