Trending :
 

मोहन वैद्य अस्पताल भर्ना

पौष १७,२०८०

-आस्था न्युज

पुस १७, २०८० काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् । 
 
दम बढेपछि उनलाई गएको आइतबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले बताए । 
 
अहिले उनको अवस्था सुधारोन्मुख रहेको उनी अझै दुई दिन अस्पतालमै रहने सिंहले बताएका छन् । ७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन् ।