Trending :
 

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

पौष १७,२०८०

-आस्था न्युज

पुस १७, २०८० काठमाडौं ।
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । 
 
खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत आयोजना भएको फाइनल खेलमा सोमबार चन्द्रागिरी न्यू डायमण्ड क्लबलाई ३-१ सेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।
 
उपाधि हात पारेसँगै एपीएफले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको न्यु डायमण्डले १ लाख रुपैयाँमा चित्त बुझायो । 
 
विजेता र उपविजेतालाई हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले ट्रफी प्रदान गरिन । 
 
प्रतियोगितामा तीन विभागीय टोलीसहित ५ टिमको सहभागिता थियो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो ।