Trending :
 

गुठीचौर पालिकाद्वारा पाँच विधेयक पारित

पौष १७,२०८०

-आस्था न्युज

पुस १७, २०८० काठमाडौं ।
जुम्लाको गुठीचौर गाउँपालिकाले सहज ढङ्गले कार्यसम्पादन गर्न विभिन्न पाँचवटा विधेयक पारित गरेको छ ।
 
सभाले भवन निर्माण तथा नक्सापास कार्यविधि, प्राविधिक फिल्ड भत्ता कार्यविधि, भूकम्पीय जोखिम मूल्याङ्क मापदण्ड, खर्च व्यवस्थापन र पोषणमैत्री स्थानीय तह तथा वडा घोषणा कार्यविधि पारित गरेको हो । 
 
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धु्रवराज गिरिका अनुसार सबै नीति, कार्यविधि र विधेयक सर्वसम्मतिले पारित भएका हुन् । पालिकाको कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखी बनाउन कार्यविधि तथा मापदण्ड पारित गरिएको हो । कार्यविधि पारित भएसँगै अब पालिकाबाट नक्सा पास नगरी भवन निर्माण गर्न पाइने छैन । 
 
गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पालिकाभित्र निर्माण हुने पक्की घर तथा सरकारी कार्यालयको  अनिवार्य रूपमा  नक्सा पास हुनुपर्ने  बताउनुभयो । उहाँले कार्यविधि कडाइकासाथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।