Trending :
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पौष १८,२०८०

-आस्था न्युज

पुस १८, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 
 
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ ।
 
त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ०३ पैसा र बिक्री दर १४६ रुपैयाँ ६९ पैसा रहेको छ ।
 
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५४ पैसा र बिक्री दर १६९ रुपैयाँ ३० पैसा रहेको छ ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।