Trending :
 

तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते, तीन गम्भिर

पौष १९,२०८०

-आस्था न्युज

पुस १९, २०८० काठमाडौं ।
वीरगञ्जबाट पोखरा गइरहेको बस तनहुँमा दुर्घना हुँदा ३२ जना यात्रु घाइते भएका छन् । 
 
बिहीबार बिहान करिब ५ बजे वाग्मती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटनामा परि ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।
 
घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ । 
 
गम्भिर ३ जनालाई थप उपचारका लागि पोखरा पठाइएको डिएसपी खाँणले बताए । 
 
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।